काठमाडौं- पछिल्लो समय बिजुलीको करेन्ट लागेर अपाँगता भएका व्यक्तिहरु लगातार मिडियामा आईरहेका छन् । कृष्ण वलपछि बाँकेका बुद्धिमान कुवँर, त्यसपछि पुर्वका हरिकाजी ढुँगाना लगत्तै बिराटनगरकी मेघा घिमिरे मिडियामा आए र सहयोग पनि पाए । अब बुटवलकी रुपा रौतारको भिडियोहरु युटुब च्यानलहरुमा देखिन थालेका छन् ।
यसैबिच मेघा घिमिरेको भने कृत्रिम हात जोडिने शुखद सन्देश दर्शकहरुले सुन्न पाएका छन् । हालसम्म ५० लाख भन्दा बढि सहयोग रकम उठेको बताउँदै मेघाले चाँडै हात हाल्ने पहल भएको पनि बताईन् । साथै मेघाले डिभोर्सपछिको दोस्रो बिहेको बारेमा पनि बोलिन् । उनलाई बिदेशी केटाको बिहे प्रस्ताव आएको छ ।
