Site icon Tukinetwork.com

मलेसियामा डेंगुबाट व्यवसायी सन्तोष खड्काको निधन

काठमाडौं । वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया पुगेका संखुवासभा आखिभुई ( हाल बिराटनगर ) बस्दै आएका सन्तोष खड्काको डेंगु रोगबाट निधन भएको छ । रोजगारीको लागि सन् २००७ मा मलेसिया पुगेका उनको डेंगुबाट निधन भएको मलेसियाबाट प्रेम पाण्डेले जानकारी दिए । काम गर्दा गर्दै मलेसियाको राजधानी क्वालालम्पुर स्थित मैदान पासारमा साइनो रेस्टुरेन्ट संचालन गरेर व्यवसाय गर्दै आएका खड्काको उपचारकै क्रममा निधन भएको हो ।

Exit mobile version