Site icon Tukinetwork.com

ग्यास सिलिण्डर पड्किँदा सात घाईते

सिमरा : बाराको जीतपुर सिमरा उपमहानगरपालिका १४ डुमरवानास्थित स्याउली बजारमा ग्यास सिलिण्डर पड्किँदा सात जना घाईते भएका छन् । घाईतेहरू एकै परिवारका चार छन् ।
स्थानिय सुकुमायाँ ब्लोनको घरमा सिलिण्डर पड्किँदा उनको परिवारका चार सहित सात जना घाईते भएका हुन् ।

घाईते सबैको सिमरास्थित अल्पाई अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएकाे छ ।

सिलिण्डरमा रेगुलेटर जोड्ने क्रममा सो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

Exit mobile version