Site icon Tukinetwork.com

नेपालकै पहिलो डोजर चलाउने साहसी महिला । डोजर चलाएरै महिनाको लाखौं कमाउँछिन्

काठमाडौं – १५ वर्षको कलिलो उमेरमै बाटो खन्ने, पहाड फोर्ने मुना घिमिरे श्रेष्ठ नेपालकी पहिलो डोजर चलाउने महिला भनेर चिनिन्छिन्। हाल सडक विभागको हेभी इक्विपमेन्ट डिभिजन बानेश्वरमा सिनियर अपरेटरको रूपमा कार्यरत उनी सीप भएर पनि महिला भएकै कारण निकै संघर्ष गर्नुपरेको बताउँछिन्। मुना सम्झिन्छिन्, “हाम्रो परिवारमा हामी दुई छोरी मात्रै। छोरा नभएका कारण आमाबुवालाई समाजले हेय भावले हेर्थ्यो। कतिले बिचरा भन्थे।”

“मरेपछि काजक्रिया कसले गर्लान् भनी सोध्थे। मेरा आमाबुवा पनि हो त नि भनी दुःखी हुनुहुन्थ्यो। त्यहीँ देखेर छोरासरह काम गर्ने कुराले मनमा जरो गाड्यो।” एकजना सहयोगीको साथमा नौ कक्षा पढ्दा पढ्दै गोरखाबाट नेपालगन्जको एउटा निर्माण कम्पनीमा काम गर्न पुगेकी उनलाई डोजर र इस्काभेटर जस्ता ठूला उपकरणले आकर्षित गरे । यसैबिच शिशिर भण्डारीले मुना घिमिरे श्रेष्ठलाई पहिलो पटक मिडियामा ल्याएका छन् ।

Exit mobile version