Site icon Tukinetwork.com

तौल घटाउन मात्र नभई अरु रोगको पनि अचुक औषधि काचो आँप यस्ता छन् अन्य फाइदा

काठमाडौ काचो आँप स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । काचो आँप स्वादमा निकै अमिलो हुने गर्दछ । यो रुखमा फल्ने फल हो । प्राय आँप गाँउ घरमा पाइन्छ । काचो आँपलाई नुनसँग मिसाएर खानाले शरीरमा पानीको कमि हुदैन र यसले उच्च तापक्रम बाट पनि बचाउछ।

गर्मीको समय भनेको आपको मौसम पनि हो।आँपको नाम सुन्ने बित्तिकै सबैको मुखमा पानी आउदछ। गर्मीको तातो घाममा आँप एउटा यस्तो फल हो जुन खादा स्वादिस्ट हुन्छ नै साथै लू लाग्ने जस्तो रोगबाट पनि बच्न सकिन्छ।काचो आँपमा बढी मात्रामा फाइबर पाइन्छ, जसले हाम्रो शरीरको बोसो घटाउने काम गर्दछ। साथै यसमा चिनीको मात्रा कम पाइन्छ र तौल बढ्दैन।म्रो अनियमित भोजनको कारण हामी प्रायजसो ग्यास्ट्रिक रोगको सिकार हुन्छौ।

यसको समस्याको समाधानको उपाय हो काचो आँप, यसले ग्यास्ट्रिक हुनबाट जोगाउदछ। काचो आपबाट भिटामिन सी प्रसस्त मात्रामा पाइन्छ, जसले रगतमा भएका विकार बस्तुलाई हटाउने काम गर्दछ। काचो आँपबाट भिटामिन सी मात्रै होइन, रक्त वाहिनी पनि लचिलो हुन्छ र नयाँ रक्त केशिकाको पनि उत्पादन गर्दछ।काचो आँप दात सफा गर्ने एउटा सरल उपाय हो। काचो आँपले दात लामो समयसम्म बलियो राख्न मद्दत गर्दछ। साथै यसले सास गन्हाउने समस्या पनि समाधान गर्दछ।

Exit mobile version