Site icon Tukinetwork.com

कुष्ठ रोगका ३ बिरामी फेला परे

सप्तरी / राजविराज नगरपालिका स्वास्थ्य शाखाको सहयोग तथा वडा कार्यालय ९ को संयोजनमा विहिवार आयोजित एक दिने चर्म (छाला) रोग, उपचार निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय भन्दा बढी बिरामी लाभान्वित भएका छन् । राजविराज ९ मलेठ स्थित आधारभुत निम्न माध्यमिक विद्यालयको हातामा आयोजित शिविरमा छाला रोगले पीडित ५ सय ६ जनाले निःशुल्क उपचार सेवा प्राप्त गरेका हुन ।

शिविरमा ३ जना कुष्ठरोगी समेत फेला परेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका क्षय कुष्ठ अधिकृत गुन्जन प्रसाद यादवले शिविरमा जचाउँन आएका रोगी मध्ये ३ जनामा कुष्ठरोगको संक्रमण देखिएको जानकारी दिनु हुदै उनीहरुको पनि निःशुल्क उपचार सुरु गरिएको बताउनु भयो । यसरी फेला परेका तीन जना कुष्ठ रोगी मध्ये २ जनामा एमबी तथा एक जनामा पिवि प्रकृतिको कुष्ठ रोग देखिएको उहाँले जानकारी दिनु भयो ।

शिविरमा लालगढ अस्पताल धुनषाका छाला रोग विशेषज्ञ डा. कृष्ण बहादुर तमाङ्गको नेतृत्वमा डा. शंकर मान श्रेष्ठ सहित सात जनाको स्वास्थ्यकर्मी टोलीद्वारा छाला सम्बन्धि रोगको निःशुल्क उपचार सेवा प्रदान गरिएको वडाध्यक्ष शम्भु प्रसाद यादव ‘लाली’ले जानकरी दिनु भयो । यस अघि शिविरको उद्घाटन गर्दै वडाअध्यक्ष यादवले गरिबी र विपन्नताका कारण स्वास्थ्य सेवा नपाई समस्यामा रहेकाहरुलाई लक्षित गरी शिविरको आयोजना गरिएको बताउनु भयो ।

औषधिहरु समेत निःशुल्क उपलब्ध गराइएको शिविरमा राजविराज नगरपालिका स्वास्थ्य शाखाका संयोजक रामनारायण देव, सहसंयोजक शोभा साह, सिनियर अहेव शुभाष चन्द्र झा, स्वास्थ्य चौकी मलेठका प्रमुख बैजनाथ मण्डल लगायतले पनि उपचार सेवा र शिविर व्यवस्थापन सघाएकोे राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले जनाकारी दिनु भएका छन् । नगरपालिका र वडा कार्यालय मिलेर शिविर संचालन गरी बिरामीलाई निःशुल्क जाँचेर औषधि वितरण गरेपछि ठुलो राहत मिलेको जचाउन आएका बिरामीहरुले बताएका छन् ।

Exit mobile version