Site icon Tukinetwork.com

उपत्यकामा रात्री बस चल्ने

काठमाडौं । काठमाडौं उपत्यकामा पुनः रात्रिकालीन बस सेवा सञ्चालन हुने भएको छ। यातायात व्यवस्था विभागले रात्रिकालीन बस सेवा सञ्चालन गर्ने तयारी गरेको हो।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उपत्यकाको रात्रिकालीन जीवनलाई चलायमान बनाउन बस सञ्चालन गर्न लागिएको जानकारी दिए। राति सार्वजनिक यातायात नहुँदा उपत्यकाको रात्रिकालीन जीवन चलायमान हुन सकेको छैन।

उपत्यकाको जनसंख्या करिब ६० लाखको हाराहारीमा छ। तर साँझ ८ बजे सहर चकमन्न हुने गरेको छ। रात्रीकालिन बस सेवा सञ्चालन गरेर उपत्यका २४ घण्टै चलायमन बनाउने विभागको योजना छ। यसका लागि विभागले यातायात व्यवसायी, साझा, ट्राफिक प्रहरी, यातायात विज्ञसँग छलफल चलाइरहेको छ। यस विषयमा मंगलबार पुन छलफल गर्ने दाहालले जानकारी दिए। खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

Exit mobile version