Site icon Tukinetwork.com

सडकमा काफल बेचेर स्नातक तेस्रो बर्षमा अध्ययन गर्दै गरेकी गिता सम्मानित !

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर – ६ को नरपानीमा काफलवालीलाई सम्मान गरिएको छ । नरपानीको उपल्लो जगतमा सुरु गरिएको तुषारेपानी लिफ्टिङ खानेपानी योजनाको शनिबार उद्घाटन कार्यक्रम मा नरपानीकी २२ वर्षिया गिता खत्रीलाई काफल बेचेर मगन्य आम्दानी गरेको भन्दै सम्मान गरिएको हो ।

गिताले सन्धिखर्क–गोरुसिंगे–सन्धिखर्क सडकहखण्डको जगत, नरपानीको बाटोहरुमा काफल बेचेर यो वर्ष ७५ हजार रुपैया आम्दानी गरेकी छन् । गिता सन्धिखर्कको पाणिनी क्याम्पसमा स्नातक तेस्रो बर्षमा अध्ययनरत छिन् ।

पढ्ने विद्यार्थीले काम गर्नु हुदैन भन्नेलाइ मात्र हैन घरमा भएको बस्तु बेच्न हिच्किचाउनेलाइ पनि उदाहरण बन्नु भएको छ । गिता अविबाहित छिन् । उनले बिहान क्याम्पस र दिउसोको समय काफल बेच्दै आएकी थिईन् ।

काफलवालीलाई सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले तुषारेपानी लिफ्टिङ खानेपानी योजनाको उद्घाटन कार्यक्रम समारोहमा सम्मान गरेका थिए ।

Exit mobile version