uncategorized

विद्युत् चुहिएर राइसमिलमा आगलागी हुँदा डेढ करोडको क्षति

भद्रपुर- भद्रपुर नगरपालिका–६ स्थित एग्रो राइसमिलमा आज बिहान विद्युत् चुहिएर आगलागी हुँदा रु एक करोड ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानीय व्यवसायी सन्तोष र राजेश गुप्ताले सञ्चालन गरेको राइसमिलमा आगलागी हुँँदा मेसिनरी सामान जलेर सो मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक केशव अधिकारीले बनाउनुभयो ।

आज बन्द रहेको राइसमिलमा बिहान ९ः३० बजे एक्कासी आगलागी भएको थियो । उद्योग बन्द रहेकाले मानवीय क्षति नभए पनि उद्योगका मेसिनरी सामान पूर्णरूपमा जलेर नष्ट भएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।

भद्रपुर नगरपालिकाको दुई र बिर्तामोड नगरपालिकाबाट आएको एक गरी तीन दमकलले आगलागी एक घण्टामै नियन्त्रणमा लिइएको थियो । राइसमिल नजिकै पराजुली ग्यास उद्योग सञ्चालनमा रहेकाले आगो नियन्त्रणका लागि प्रहरी, स्थानीयवासीसहितको ठूलो जनशक्ति परिचालन गरिएको थियो ।प्रहरीका अनुसार मिलको वल्डिङ मेसिनबाट विद्युत सर्ट भई आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *