Site icon Tukinetwork.com

ललितपुरमा भयंकर दुर्घटना, तीनवटा जिप र एउटा मोटरसाइकल एकैपटक ठोक्कियो

काठमाडौं । ललितपुरको सानेपामा भयानक सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जनाको गम्भीर घाइते भएका छन् । तीनवटा जिप र एउटा मोटरसाइकल आपसमा ठोक्किँदा सो हताहती भएको हो । घाइतेको उपचारका लागि अस्पताल लगिएको छ । उनको अवस्था पनि अत्यन्त चिन्ताजनक रहेको छ ।

सुरुमा दुईवटा जिप ठोक्किँएको र त्यसपछि अनियन्त्रित भएर थप एक जिप र मोटरसाइकलमा ठक्कर पुगेको प्रत्यक्षदर्शीले बताएका छन् । यसबारे थप विवरण आइसकेको छैन ।

Exit mobile version