Site icon Tukinetwork.com

रुखबाट लडेर पुरुषको मृत्यु

संखुवासभा : सिलिचोङ गाउँपालिका–२ मा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको भएको छ। मृत्यु हुनेमा दाङखिलाका ५१ वर्षीय धनशमशेर राई रहेको प्रहरीले जनाएको छ। घर नजिकै रहेको रुद्राक्षको बोटमा चढ्दै गर्दा राई रुखबाट खसी घाइते भएका थिए। घाइते राईलाई उपचार क्रममा जिल्ला अस्पताल खाँदवारी शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा खाँदबारीमा राखिएको प्रहरीले जनाएको छ।

Exit mobile version