Site icon Tukinetwork.com

धुर्मुसको रंगशालामा फेरि चर्कियो आन्दोलन, डोजर चलाउने शुरु गरे धर्ना, के गर्छन् अब धुर्मुस-सुन्तलीले ?

चितवन । भरतपुर महानगरपालिका वडा नम्वर १६ को वडा कार्यालयमा स्थानीयहरुले धर्ना दिन थालेका छन् । रंगशाला बन्दा बाटो पनि बन्नुपर्ने माग गर्दै स्थानीयहरुले धर्ना दिन थालेका हुन् । आईतबार बिहानै बाट वडा कार्यलयको परिसरमा धर्ना बसेको स्थानीय बासीन्दा रामचन्द्र बस्ताकोटीले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

उनका अनुसार रंगशाला सँगसँगै स्थानीयको सहजताको लागि बाटो पनि बन्नुपर्ने माग रहेको छ । त्यस्तै रंगशालाको निर्माण स्थलको सुरक्षाको लागि भनी बनाइएको टिनको अस्थायी टहरा भत्काउने क्रममा पक्राउ परेका सबैको बिना सर्त रिहाईको माग समेत स्थानीय बासीन्दाले गरेका छन् ।

आफुहरु रंगशालाको पर्खा भत्काउन नभई बाटो निकासको लागि डोजर लिएर पुगेको बास्ताकोटीको भनाइ छ । आफ्नो जग्गा अगाडीको बाटो बनाउँदा सिंगो समुदाय आफुहरुमाथी खनिएको भन्दै उनले असन्तुष्टि समेत व्यक्त गरेका छन् । आइतबार बिहानैबाट करीब १ सय भन्दा बढीको सख्यामा उपस्थित भएर स्थानीयले धर्ना दिएका हुन् ।

कुनै राजनितिक दल वा संघसस्थाको उक्साहटमा नभई स्थानीयको उपस्थितमा सुरु भएको धर्ना दिउँसो पाँच बजे सकिएको उनले जानकारी दिए । आइतबारको लागि मात्रै दिउँसो पाँच बजेबाट धर्ना रोकिएको भन्दै उनले संघर्षका कार्यक्रम भने जारी नै रहने जानकारी समेत दिएका छन् ।

गत बुधबार बिहान बाटोको निकासी चाहियो भन्दै स्थानीयको एक समुहले डोजर लगाएर अस्थायी बार बार भत्काइदिएको थियो । भत्कीएको अस्थायी बार स्थानीयकै सकृयतामा आइतबार उठाइएको छ । धर्नामा बसेका सबैले रंगशाला बन्नुपर्छ भन्ने आफुहरु एकमत रहेको समेत बताएका छन् । चितवनमा धुर्मुस सुन्तली फाउण्डेसनले गौतमबुद्ध अन्तर्राष्ट्यि क्रिकेट मैदान बनाउन थालेको हो ।

Exit mobile version