uncategorized
ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, २ जना घाइते
रुकुम पूर्व । रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । सिस्ने गाउँपालिका ७ चिसापानीमा शनिबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा जाजरकोटको छेडागाड नगरपालिका ३ का ३३ वर्षीय भीमबहादुर ठकुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिस्ने गाउँपालिका ५, को धौलापैराबाट बालुवा लिन चिसापानी पुगेको रा १ त २१४८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ठकुरीसहित ३ जना घाइते भएका थिए । घाइते ३ मध्ये ठकुरीको रुकुम पश्चिमको जिल्ला अस्पताल सल्ले र्पुयाउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चौरजहारी नगरपालिका १०, का २५ वर्षीय खिमबहादुर पुन र ट्याक्टर चलाक दाङ घोराहीका २६ वर्षीय लोकबहादुर चौधरी घाइते भएका छन् । चालक र अर्का घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट करिब १ सय ५० मिटर तल खसेको छ ।चाल क प्रहरीको नियन्त्रणमा रहेको र अर्को घाइते पुन सामान्य उपचारपछि घर फर्किसकेका छन् ।
