Site icon Tukinetwork.com

टोटनह्यामलाई हराउँदै लिभरपुलले जित्यो च्याम्पियन्स

लिभरपुलले च्याम्पियन्स लिग उपाधि जितेको छ। शनिबार राति भएको खेलमा अर्को इङ्लिस क्लब टोटनह्याम लाई २-० ले पराजित गर्दै लिभरपुल छैटौँ पटक उपाधि चुमेको हो। स्पेनको मड्रिडस्थित स्टाडियो वान्डा मेट्रोपोलिटानो रंगशालामा भएको खेलमा खेलको दोस्रो मिनेटमै लिभरपुलले पेनाल्टी मार्फत गोल गर्दै अग्रता लियो। डिबक्सभित्र माउसा सिसोकोको ह्यान्ड गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो जसमा सलाहले गोल गरे। पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफको ५८ औँ मिनेटमा रोर्बेटो फर्मेनोको स्थानमा सब्सिच्युड खेलाडीको रूपमा मैदान प्रवेश गरेका डिभोक ओरिगीले खेलको अन्त्यतिर गोल गर्दै लिभरपुललाई २-० को सहज जित दर्ता गर्दै टोलीलाई उपाधि दिलाए। ओरिगीले जोयल माटिपको पासमा गोल गरेका थिए।  लिभरपुलले यसअघि सन् १९७७, १९७८, १९८४ र २००५ मा च्याम्पियन्स लिग उपाधि जितेको थियो।

Exit mobile version