काठमाडौं : चितवनमा निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काएपछि यसको चौतर्फी आलोचना भईरहेको छ । बार भत्काएको र उक्त दृश्य देख्न नसकेर धुर्मुस रोएको भिडियो त झनै घटनाको घोर भत्र्सना समेत भयो । देशकै लागि गौरवशाली रंगशाला निर्माणका लागि खटेका धुर्मुस सुन्तलीले काममा अवरोध र असुरक्षा भएको भन्दै निर्माणको काम नै रोकेका छन् ।
बार भत्काउँने काममा संलग्न रहेका अपराधीहरु प्रक्राउ परिसकेका छन् तर उक्त घटनाले चितवनकै सान खस्किएको बेला रंगशाला निर्माणका लागि चितवनबासी फेरी जुर्मुराएका छन् । रंगशाला निर्माण सहयोगार्थ चितवनमा आर्थिक सहयोग फेरी उठ्न थालेको छ । शुक्रवार चितवनमा रहेको भरतपुर गार्डेन रिसोर्टका कर्मचारीहरुको तर्फबाट १ लाख १ रुपैया रंगशाला निर्माणका लागि सहयोग जुटेको छ ।
होटलमा नै एक कार्यक्रमको आयोजना गर्दै सो रकमको चेक हस्तान्तरण गरिएको हो। होटलका अप्रेसन म्यानेजर दिपेन्द्र पोखरेलले सो चेक फाउन्डेशनलाई हस्तान्तरण गरेका हुन् । पोखरेलले रंगशाला निर्माणका लागि कर्मचारीहरुले दुई दिनको तलबबाट रकम सह योग गरेको बताए । उक्त सहयोग रकमले वर्तमान समय सकरात्मक सन्देश जाने उनको विश्वास छ । धुर्मुसले चेक बुझ्दै बुधवारको धटनालाई विर्सने गरि चितवन बासीले नै गरेको सहयोग प्रति कृतज्ञता ज्ञापन गरे ।
बार भत्काएको घटनाले आम नेपालीहरुलाई पीडा पुगेको भन्दै उनले निर्दोष हरुलाई छानविन गरि रिहा गरिदिन प्रशासनलाई आग्रह गरे । उनले दोषीलाई कानुन बमोजिम कारवाही हुनुपर्ने माग गरे । साथै उनले अबका दिनमा रंगशाला निर्माणका लागि सहज वाता वरण तयार पारिदिन आग्रह गरे । यता सोही कार्यक्रममा चितवनका निर्माण व्यवसायी रेगन पन्तले रंगशाला निर्माणका लागि व्यक्तिगत रुपमा दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
