uncategorized
प्रचण्ड निवास र जहाजभित्रको अन्तरवार्ताले खोलेका रहस्यहरु
जेठ १९, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको १५ महिनापछि केपी शर्मा ओलीले आफूलाई सत्ता हस्तान्तरण गर्ने विश्वास व्यक्त गरेपछि एकपटक फेरी नेपालको राजनीतिमा तरङ्ग पैदा भएको छ ।
प्राइम टाइम्स टेलिभिजनको लोकप्रिय कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै प्रचण्डले पार्टी एकता हुँदाखेरि नै आलोपालो प्रधानमन्त्री हुने लिखित सहमति भएको उल्लेख गर्दै उक्त सहमति प्रधानमन्त्री केपी ओलीले पालना गर्ने विश्वास व्यक्त गरे ।
