Site icon Tukinetwork.com

को हुन् यी साहसी महिला जो लण्डनसम्म बाइकमा यात्रा गर्दैछन ?

काठमाडौं । तीन महिला ‘बाइकर्स’ २५ देश छिचोल्दै लण्डनसम्म बाइक यात्रा गर्दैछन् । यी भारतीय तीन महिलाले भारतको गुजरात स्थित सुरत शहरबाट बाइक यात्रा थालेर लण्डन पुग्ने भएका हुन् । यो यात्राका क्रममा उनीहरु विभिन्न २५ देश पुग्नेछन् । ‘बाइकिङ क्वीन’ समूहका ती महिलाले आगामी जुन ५ मा यात्रा सुरु गर्नेछन् । यात्राका क्रममा उनीहरु नेपाल पनि आउनेछन् ।

त्यस्तै म्यानमार, थाइल्याण्ड, लाओस, चीन, किर्गीस्तान, उज्बेकिस्तान, कजाख्स्तान, रुस, लाटभिया, लिथुनिया, बेलारुस, पोल्याण्ड, चेकोस्लोभाकिया, जर्मनी, अस्ट्रेलिया, लिचटेस्टिन, स्वीट्जरल्याण्ड, नेदरल्याण्डस्, बेल्जियम, फ्रान्स, स्पेन र मोरक्कोको यात्रा गर्नेछन् । सारिका मेहतालो नेतृत्व गर्ने थोलीमा जिनल शाह र रुताली पटेल छन् । जसमध्ये सारिका मनोवैज्ञानिक हुने भने दुई बच्चाकी आमा हुन् । उनी पवर्तारोही र बाइ कर्स हुन् ।

बाइकिङ क्वीन उनैले खोलेको समूह हो । जिनाल शाह पनि दुई बच्चाकी आमा हुन् । रुताली पटेल एमबीए डिग्री सकेकी महिला हुन् । उनले महिला बर्गको उत्थानको क्षेत्रमा काम गर्दै आएकी छन। उनीहरुलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भार तको झण्डा दिएर विदाई गर्नेछन् । उनीहरुले ‘केटीएम ३९०’ बाइकमा यो यात्रा तय गर्नेछन् । कठिन भूगोल, भाषा संस्कृति तथा मौसमका बाबजुद यो यात्रा तय गर्ने अठोट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Exit mobile version