uncategorized
आज पनि मेघ गर्जन र हावाहुरीसहित पानी र चट्याङ पर्ने
काठमाडौँ । मुलुकका अधिकांश स्थानमा केही दिन यता पानी परिरहेको छ । शनिबार मुलुकभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि मनसुनको समय रहेको र न्यूनचापिय रेखा पनि बनेकाले केही दिनदेखि मौसम बदली भएको र अझै केही दिन यस्तै रहने मौसमविदले बताएका छन् ।
काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि बादल लागेको छ । केहीबरेपछि बादल हटे पनि अपराहन्न या बेलुकातिर बदली भइ केही स्थानमा मेघ गर्जनसहित पार्नी पर्ने सम्भावना रहेको उनले बताएकी छन् । यस्तै बेलुका तिर चट्याङ्ग पर्ने र हावाहुरी चल्न सक्ने पनि मौसमविदले बताएका छन् ।
