ओखलढुङ्गा, १७ जेठ । काठमाडौँ–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने भएको छ । आज शुक्रबारदेखि हरेक साता सङ्घीय राजधानी काठमाडाँैबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश नं १ को राजधानी विराटनगरसम्मको हवाई सेवा शुरु हुने भएको हो ।
करीब तीन वर्षदेखि ठप्प रहेको रुम्जाटार विमानस्थललाई केन्द्र र प्रदेशको राजधानीसँग जोडेर पुनः उडान शुरु गर्ने तयारी भएको प्रदेश सांसद अम्बिरबाबु गुरुङले जानकारी दिनुभयो । रुम्जाटार विमानस्थल नियमित सञ्चालनमा आएपछि पर्यटन प्रवद्र्धनसँगै यस क्षेत्रका नागरिकलाई आवतजावतमा निकै सहज हुने उहाँको भनाइ छ ।
