uncategorized
रँगशाला भत्काउनेलाई पुलिसले समात्यो । उल्टो पुलिसलाई नै यस्तो धम्की ! दुखद खबर- रँगशाला निर्माण कार्य नै बन्द गरियो
चितवन । जिल्लाको रामपुरमा निर्माणाधीन गौतम बु्द्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणस्थलमा लगाइएको जस्ताको बार भत्काउने मुख्य योजनाकार प्रकाश कँडेल पक्राउ परेका छन् । प्रहरीले उनलाई गएराति पक्राउ गरेको चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए । कँडेलसँगै घटनामा संलग्न अन्य १६ जनालाई पनि प्रहरीले पक्रेको छ ।

कँडेललाई नियन्त्रणमा लिए पनि सोधपुछ बाँकी रहेको प्रहरी प्रमुख मल्लले बताए । सार्वजनिक सम्पतिमा नोक्सानी पुर्याएको तथा धम्क्याएको अभियोगमा कँडेलविरुद्ध मुद्दा चलाउन सकिने एसपी मल्लले बताए । रंगशाला निर्माणस्थलमा लगाइएको बार कँडेल नेतृत्वको समूहले बुधबार भत्काएको थियो । बार भत्काउने क्रममा उनीहरुले कर्मचारीहरुलाई समेत धम्क्याएको धुर्मस–सुन्तली फाउण्डेशनको भनाइ छ ।
