काठमाडौं । चितवनमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको कम्पाउण्ड स्थानीयले भत्काइदिएका छन् । धुर्मुश–सुन्तली फाउण्डेशनले जस्तापाताले रंगशालाको कम्पाउण्ड घेरेको थियो । तर, बुधबार विहान केही स्थानीयहरुको समूहले जस्तापाताको बार नै भत्काइदिएका छन् ।
नेकपाका एक स्थानीय नेताको नेतृत्वमा रहेको समूहले डोजर लगाएर कम्पाउण्डको भत्काइदिएका फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले जानकारी दिएका छन् । रंगशाला भत्काएपछि स्थानीय स्तरमा त्यसको बिरोध समेत भएको छ । धेरै स्थानीयले त्यसको बिरोध गरेका छन् ।
उनीहरुले कम्पाउण्डसँगै अन्य केही भौतिक संरचनामा समेत क्षति पुर्याएका छन् । कम्पाउण्ड बार भत्काउँदै उनीहरुले फाउण्डेशनका कर्मचारीलाई धम्कीसमेत दिएका धुर्मुसले उल्लेख गरेका छन् । आपसी सहमतीमा विवाद समाधान गर्नुपर्ने आवाज पनि उठ्ने गरेको छ ।
