uncategorized

प्रचण्ड र केपी ओलीको झोले भन्नेलाई ई. कडेलको दह्रो झापड

पब्लिक इनोभेटर ई दिपेन्द्र कँडेलले वाईडबडी काण्डका ठुलो माछाको नाम सर्वाजनिक गरेका छन् । राजधानीको बसन्तपुरको डबलीमा शनिबार आयोजित ‘नेपालका लागि नेपाली’ले आयोजना गरेको सार्वजनिक सुनुवाईमा बोल्दै कंडेलले एएआर करर्पोरेसनका दिपक शर्मा र हाईफ्लाई एक्स आयरल्याण्डका प्रमुख क्रिश्चियन नुलेनको नाम सार्वजनिक गरेका हुन् ।

उनले धेरै समय देखि अनुसन्धानबाट बनाइएको वाईडबड्डीको फाइल ‘नागरिक आयोग’लाई हस्तान्तरण गरेका छन्। नेपालका भुरा माछाको नाम आगामी भदौ २७ अगाडी नै आफुले पछारेर देखाउने उनले बताए। ‘नेपालका लागि नेपाली’ अभियानको यस सार्वजनिक कार्यक्रमको उद्देश्य वाईडबडी भ्रष्टाचारबारे जनतालाई सत्य कुरा दिलाउने उनको भनाई छ।

कंडेल भन्छन, ‘अभियानले नागरिक आयोग बनाएर पञ्चायतकालदेखि अहिलेसम्मका उच्च ओहदामा बसेकाहरुको सम्पत्ति छानविन गर्नेछ। यदि सरकारले तत्तकाल वाइडबड्डीको घटना राम्रोसँग छानविन नगरे सरकार १०० मा ९९ भए पनि भुईमा मिल्ने छ।’ उनले नेपाल सरकारको राम्रो काममा समर्थन गर्ने र गलत कुरामा भण्डाफोर गर्ने प्रतिबद्दता कंडेलले जाहेर गरे। उनले आफु प्रचण्ड र केपी ओलीको झोले नभई वाइडबड्डीको झोले भएको बताए। 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *