uncategorized

झोलुङ्गे पुल नजिकै सेती नदीमा शव फेला

जिल्लाको सेती नदीमा एक शव फेला परेको छ । शिखर नगरपालिकाको प्रसिद्ध धार्मिक क्षेत्र भागेश्वर नजिकै हालै निर्माण भएको झोलुङ्गे पुल नजिकै नदीमा शव फेला परेको डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो

। शवको पहिचान नभइसकेको भए पनि यही जेठ ३ गते शुक्रबार सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका जिल्लाको केआइसिंह गाउँपालिका–५ रानागाउँका शिक्षक योगबहादुर रावलको शव हुनसक्ने प्रहरी उपरीक्षक माझीले बताउनुभयो । उहाँले भन्नुभयो, “शव भेटिएको छ, चिन्न सकिने अवस्थामा छैन, तर शिक्षक योगबहादुर रावलको हुनसक्ने हामीले अनुमान गरेका छौँ ।”

सेती नदीमा नुहाउने क्रममा रानागाउँको सरस्वती माध्यमिक विद्यालयमा नेपाली विषय शिक्षकसमेत रहेका रावल जेठ ३ गतेदेखि बगेर बेपत्ता भएका थिए । रावल बगेर बेपत्ता भएको करीब १२ दिनपछि उहाँ बगेको ठाउँबाट करीब चार÷पाँच मिटर तल उक्त शव भेटिएकाले शव रावलकै भएको हुनसक्ने प्रहरीको अनुमान रहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापती पन्तले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *