Site icon Tukinetwork.com

मेलम्ची खानेपानी आयोजनाको पाँच महिनादेखि ठप्प भएको बाँकी काम एक साताभित्रै अघि बढाउने

मेलम्ची खानेपानी आयोजनाको पाँच महिनादेखि ठप्प आयोजनाको बाँकी काम दुईवटा छुट्टाछुट्टै टेन्डर ९ठेक्का० आह्वान गरेर अघि बढाउने भएको छ । गत जेठ ६ को मन्त्रिपरिषद् बैठकले आयोजनाको सुरुङ तथा हेडवक्र्स निर्माणको बाँकी काम छुट्टाछुट्टै टेन्डर आह्वान गरेर बनाउने निर्णय गरेको थियो ।

आयोजनाले मन्त्रिपरिषद्को निर्णयमा टेक्दै बाँकी काम दुई खण्डमा छुट्याएर टेन्डर आह्वान गर्न लागको हो । योजनाको कार्यकारी निर्देशक सूर्यराज कंडेलले मन्त्रिपरिषद् बैठकले मेलम्ची आयोजनाको बाँकी काम टेन्डरबाट गर्ने बाटो खोलेसँगै आवश्यक तयारी गरेको बताए । यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् ।

Exit mobile version