uncategorized

फेसबुक पेज खोलेर कोठा भाडामा दिने भन्दै जुम्लामा बसेर जसले गरे काठमाडौँमा ठगी, यि अनौठा ठग बारे जान्नुहोस् रोचक कुरा

रौतहटका जितेन्द्रकुमार गुप्ता काठमाडौँमा बीबीए अध्ययन गर्दै थिए । धेरै समयसम्म आफैं बस्न राम्रो डेरा खोजे । तर कतै पाएनन् । उनले फेसबुकमा एउटा पेज फेला पारे ।

‘रुम एन्ड फ्ल्याट अल रेट इन काठमाडौँ नाम दिइएको उक्त पेज गुप्ताले खोलेर हेरे । पेजमा राजधानीका थुप्रै घर र खाली कोठाको फोटोसमेत पोस्ट गरिएको थियो । दुइटा मोबाइल नम्बर देखेपछि एउटामा गुप्ताले फोन गरे ।

फोन भोजपुर घर भइ हाल जुम्ला बस्ने रामचन्द्र भट्टराईले उठाए । गुप्ता गफिन थाले । ‘हाम्रो अफिस बसुन्धरामा छ । डेरा खोज्न कार्यालयमै आउनुभयो भने पाँचसय थप चार्ज लाग्छ । होइन भने दुई हजार पाँच सय लाग्छ ,’ भट्टराईको भनाई उदृत गर्दै गुप्ताले भने ,‘मैले कार्यालय जानुभन्दा सजिलो उपाय पैसा तिर्ने निधो गरे ।’

गुप्ताले बैंकबाट भट्टराईको ईसेवाको खातामा पैसा पठाए । पैसा पठाएको केही मिनेटमै भट्टराई फोन सम्पर्कविहीन भए । उनले गुप्तालाई फेसबुक र फोन दुवैमा ब्लक गरे । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुवास गोतामेले लेखेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *