Site icon Tukinetwork.com

नायिका करिष्माले गरिन् पार्टी परित्यागको घोषणा

१३ जेठ, काठमाडौं : तत्कालीन नयाँ शक्तिकी नेत्री नायिका करिष्मा मानन्धरले पार्टी परित्यागको घोषणा गरेकी छिन। मानन्धरले अब आफू हाल सक्रिय रहेको पार्टीको राजनीतिमा नरहेको बताएकी हुन। उनले मौखिक रुपमा पार्टीबाट राजी नामा दिइसके र लिखित रुपमा राजीनामा दिन बाँकी रहेको बताएकी छिन् ।

मानन्धरका अनुसार उनले आफ्नो व्यक्तिगत केही महत्वपूर्ण कामका लागि राजनीतिबाट टाढिन खोजेकी हुन। मानन्धरले एसईई परीक्षा दिँदै गर्दा निकै चर्चामा थिईन भने उनी सदाबहार ब्युटी अभिनेत्रीको रुपमा चिनिन्छिन। मानन्धरले करिब तीनदशक नेपाली फिल्मी क्षेत्रमा बिताईसकेकी छिन् । करिस्माले अब आफू हाल सक्रिय रहेको पार्टीको राजनीतिमा नरहेको बताउदै पार्टी परित्यागको घोषणा गरेकी हुन् ।

गत चैत २३ गते तत्कालीन नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएर समाज वादी पार्टी नेपाल गठन भएको थियो । त्यसयता निष्क्रिय जस्तै रहेकी उनले एकाएक पार्टीबाट अलग हुने घोषणा गरेकी हुन् । करिष्मा गत २०७२ सालमा डा.बाबुराम भट्टराइ नेतृत्वको तत्कालिन नयाँ शक्ति नेपाल पार्टीबाट राजनीति प्रवेश् गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

Exit mobile version