Site icon Tukinetwork.com

छोरा ४ तल्लाबाट खसेर पनि बाचेको छोराको घाटीमा प्वाल परेको हेर्दै रुने आमाको दुखद कहाँनी,हामीलाई यो बिजोक हेर्दा गाह्रो भयो

भक्तपुर् पुरानो ठिमी बस्ने ७ वर्षीय सविन तामाङको अवस्थामा देख्दा जो कोहिको मन गरुङ्गो हुनसक्छ। उनी साढे दुई वर्षको हुँदा ४ तल्लाबाट खसेर लडेका थिए। त्यतिबेला उनको ज्यान त जोगियो तर उनको घाँटीमा प्वाल पर्नुको साथसाथै आँखा समेत् कमजोर भएको छ।उनकी आमा कविता तामाङ घटनालाई सम्झिदै भन्छिन, ‘त्यति बेला मेरो बाबु मर्यो, बाच्ने आश नै मारेकी थिए, मेरो कुनै होश नै थिएन।’छोरा लडेको केहि छिन् मै कविता तामाङ्ले आफन्तको साथमा मध्यपुर् अस्पताल पुगिन। डाक्टरले टाउँको छुट्टिएका कारण बाल मैत्री अस्पताल लाने सल्लाह दिए।

सो बमिजिम बाल मैत्री अस्पताल लगियो। त्यहाँका डाक्टरले सबिनको अबस्था हेरेपछि बच्चालाई बचाउछौ तर पैसा धेरै लाग्ने बताएका थिए। उनले ऋण गरेर छोरालाई बचाइन।उनलाई आज ७ वर्ष पुग्दा समेत् श्वास फेर्न निकै कठिनाई हुने गर्छ। घांटीको प्वालबाटै खकार निक्लने गर्छ। कविता छोराको यस्तो हालतका कारण ढुक्कले कतै काम गर्न जान पाउदिनन्। उनको श्रीमान हाल मलेशियामा कार्यरत छन्। श्रीमानको पनि काम त्यति राम्रो नभएकोले महिनामा ८, १० हजारमात्र पठाउने गर्छन जुन घरखर्च मै ठिक्क हुन्छ।

Exit mobile version