पर्सा । घर बनाउन खनिरहेको खाडलमा परी पर्सामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथ पण्डित र जवाहिर राम रहेका छन् ।
बाराको विश्रामपुर गाउँपालिका ५ इटियाही घर भएका ५० वर्षीय दशरथ पण्डित र बाराकै अर्का ५० वर्षीयका जवाहिर रामको घर बनाउन खाडल खनिरहेको अवस्थामा माटोले पुरिएर मृत्यु भएको हो ।
उनीहरु केही दिन अघिबाट वीरगन्ज महानगरपालिका १४ बाइपासमा एक घर निर्माण गर्दै आएका थिए । प्रहरीका अनुसार आज बिहान घर बनाउन जग खन्नेक्रममा पुरिएर उनिरुको मृत्यु भएको हो ।
‘घर निर्माण गर्न हामिले जगका लागि खाल्डो खनिरहेका थियौँ माथिबाट एक्कासि माटोको ढिस्को झरेर साथीहरुलाइ पुर्यो’ – घटानामा घाइते मृतकका साथीहरुले भने ।
सो घटनामा अन्य तीन जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको वीरगन्जस्थित न्युरो अस्पतालमा उपचार भईरहेको छ ।
