अष्ट्रेलिया । अस्ट्रेलियामा ठूलो संख्यामा नेपाली विद्यार्थी अध्ययन गर्दै आएका एआईबीटीको अर्को कलेजसमेत खारेज भएको छ । पहिलो पटक एआईबीटीमा अध्यनरत विद्यार्थीहरुले हाम्रो लाइभ कार्यक्रममा यो बिषय उठाएका थिए। अस्ट्रेलिया मा ठूलो संख्यामा नेपाली विद्यार्थी अध्यन गर्दै आएका इन्टरनेशनल इन्स्टिच्युट अफ विजनेश एन्ड टेक्नोलोजी एआइबीटीको दर्ता खारेज भएको केही समयमै इन्टरनेशनल इन्स्टिच्युट अफ विजनेश एन्ड टेक्नोलोजी इन्टरनेशनल प्रा.लि. एआइबीटी इन्टर नेशनलको दर्ता समेत अष्टे«लियन स्किल क्वालिटी अथोरोटी आस्काले खारेज गरेको छ ।
यससँगै करीब १ हजार विद्यार्थी थप समस्या परेका छन् । यस अघिको एआइबीटी र यो एआईबीटी इन्टरनेशनल एउटै व्यक्ति र संस्थाबाट सञ्चालित दुई छुट्टा छुट्टै शैक्षिक संस्था हुन। यसले पनि अदालतमा पुनरावलोकन गर्न पाउने छ । यसअघि एआईबीटी नर्सिङ काउन्सिलमा दर्ता नुहँदा अष्टे«लियन स्किल क्वालिटी अथोरोटी आस्काको सूचिबाट खारेज भएको थियो ।
तीन महिना अघि दर्ता खारेजी भएको एआइबीटीको मुद्धा अहिले अदालतमा विचाराधीन छ भने विद्यार्थीहरु अन्योलमा छन् । अब यो कलेजमा अध्यनरत विद्यार्थीको समेत अवस्था उस्तै हुने भएको छ । यस्तै सिड्नीमा रहेको अष्ट्रेलियन हार्वर इन्टर नेशनल कलेजको नर्सिङ निकाय समेत आस्काले खण्डित खारेज गर्ने निर्णय गरेको छ ।
