धनकुटाको मुलघाटस्थित एक होटलमा हतियार सहित बर्दीमै प्रहरीले मादक पदार्थ सेवन गरिरहेको भिडियो सार्वजनिक भएको छ । फेवा टेलिभिजनले उक्त भिडियो सार्वजनिक गरेको हो ।
अहिले उक्त भिडियो सामाजिक संजालमा भाइरल भएको छ । भिडियोमा धेरैले नकारात्मक प्रतिक्रिया दिएको देखिन्छ । होटलमै महिलाले भनेर पुष्टि पारेकी छिन् कि उक्त प्रहरीहरुले दुइ बोतल रक्सी खाएका हुन् । महिला आफ्नो नाम र पहिचान गोप्य राख्नु शर्तका साथ् भन्छिनकि यसरी बर्दीमा आएर रक्सि खानु त् राम्रो लाग्दैन तर के गर्नु अब यस्तै हो ।
