Site icon Tukinetwork.com

बोल्न र सुन्न नसक्ने सुजलले मिस एन्ड मिस्टर एसईईमा ‘मस्ट कन्फिडेन्ट’अवार्ड जितेपछि हजुरआमाको आँखामा थामिएन आँशु

बोल्न र कान सुन्न नसक्ने गुर्जुधारा, चन्द्रागिरि-१२ की सुजल बलमेले एक सौन्दर्य प्रतियोगितामा ‘मस्ट कन्फिडेन्ट’ अर्थात् सर्वाधिक आत्मविश्वासीको टाइटल हात पारेकी छन् । उनी मिस एन्ड मिस्टर एसईईमा उनी उत्कृष्ट पाँचमा पर्न सफल भएकी थिइन् ।

प्रतियोगितमा सहभागी २९ किशोर र ६० किशोरीको समूहमा उनी मात्र फरक क्षमताकी भए तापनि उनले उक्त ब्युटी पिजेन्टको फाइनलमा मोस्ट कन्फिडेन्ट अवार्ड, मल्टिमिडिया अवार्डका साथै पितालाई उत्कृष्ट अभिभावक अवार्डसमेत जिताउन सफल भएपछि उनको परिवारमा खुसिको सिमा नै छन्।

सानै देखि हजुरआमाको काखमा हुर्केकी उनि नातिनीले अवार्ड जित्दा खुशीको आशु झर्दै खुसि व्यक्त गरेकी छिन। बोल्न र सुन्न नसकिने भएकै कारण हजुरआमालाई अझै नातिनीको चिन्ता लाग्छ। आमा जागिरमा ब्यस्त हुने भएका कारण आफ्नै काख हुर्केका उनि आमा भन्दा हजुरआमाको प्यारी छिन। इसारामै आफ्नो कुरा नातिनीले बुझछन।उनका नीला आँखाले पनि धेरैलाई आकर्षित गरिदिएको छ ।

Exit mobile version