Site icon Tukinetwork.com

करेन्ट लागेर वृद्धको मृत्यु

विराटनगर / विराटनगर महानगरपालिका–१० स्थित न्युरो अस्पताल नजिकै करेन्ट लागेर बिहीबार एक वृद्धको मृत्यु भएको छ ।
७२ वर्षीय काँशीनाथ ताम्राकारको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आफ्नै २ तले घरको छत नजिकैबाट लगिएको हाइटेन्सन लाइनमा छुँदा ताम्राकारको घटनास्थलमै मृत्यु भएको हो । करेन्ट लागेर हात पूरै डढेको छ । शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Exit mobile version