काँकडभिट्टा / कन्काइ नगरपालिका ८ खाडी बस्तीमा आफ्नै घरको पुजा कोठामा झुण्डिएर आत्मा हत्या गरेकी भनिएकी मोनालिसा बर्देवाको आत्महत्या नभई हत्या भएको भन्दैं उनकी आमाले जाहेरी दिएकीछन् । बैशाख १९ गते बेलुका ५ बजे कन्काई नगरपालिका –८ खाडी बस्तीमा आफ्नै घरको पुजा कोठामा झुडिएर आत्मा हत्या गरेकी भएकी मोनालिसा बर्देवाको आत्मा हत्या नभएर श्रीनान बिशाल चाहार, सासू कमलादेवी चाहार र नन्द जमुनाको मिलेमतोमा हत्या गरि पुजा कोठामा झुण्डाएको भन्दै इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा आमा देबिका दासले इलाका प्रहरी कार्यालय जाहेरी दिएकी हुन ।
