Site icon Tukinetwork.com

विश्वकै अग्लो शिव पावर्तीको मुर्ति बनाउन पचास लाखको जग्गा दान

पर्वत । माता पार्वतीको जन्मथलो पर्वतमा बिश्वकै अग्लो शिब पार्वर्तीको मुत्र्ति बनाउन पर्वतको कुस्माको एक परिवारले ५० लाख रुपैया बराबरको जग्गा दान गरेका छन् । कुस्मा नगरपालिका वडा नं ४ का सागर कर्माचार्यको परिवारले मुत्र्ति बनाउन आयोजित महायज्ञमा ५० लाख भन्दा बढी रकम पर्ने एक रोपनी जग्गादान गरेको हो ।

विश्वकै नमुना मुर्ति र बहु उद्धेश्यीय पर्यटकीय स्थल बनाउनका लागि इतिहासमै पहिलोटक गरिएको बिराट महायज्ञ संचालन गरिएकोमा आफुले पनि केही योगदान गर्ने उद्धेश्यले ५० लाख पर्ने जग्गा दान गरेको दानदाता कर्माचार्यले बताउनु भयो । महायज्ञको कोटी हवन सञ्चालन भएको जमिनको अहिले उक्त जग्गाको मुल्य ५० लाख रुपैया आँकलन गरिएको छ ।

महायज्ञमा सवैभन्दा बढि राशिको जग्गा सहित रु १ लाख गरी ५१ लाख रुपैया दान गर्ने दानदाता सागर कर्माचार्य, उहाँका बाबु हरिगोविन्द कर्माचार्य, भाईहरु नविन कर्माचार्य र दया कर्माचार्यलाई दोसल्ला र डोलामा चढाएर सम्मान गरिनुका साथै बजार समेत परिक्रमा गराईएको छ । हिमालय पर्वतकी छोरी माता पार्वतीको जन्मभूमि बिश्वास गरिएको पर्वत र तपस्या गरेको गुप्तेश्वर गुफालाई बिश्वभर चिनाउन बिराट गुप्तेश्वर कोटिहोम तथा तुलादान महायज्ञ लगाइएको हो ।

जनकपुरलाई सिताको जन्मभूमि जस्तै पर्वतलाई पार्वतीको जन्मभूमिको रुपमा स्थापित गराउनका लागि संचालित महायज्ञमा पण्ठित इश्वरकृष्ण भुर्तेलले कथा बाचन गरिरहनुभएको छ। पाङ्ग र गुप्तेश्वरलाई बिश्वकै धार्मिक पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न महायज्ञ कोशेढुंगा सावित हुने पण्डित भुर्तेलको भनाई छ । महायज्ञको छैटौ दिनसम्म १ करोड ७५ लाख रुपैया नगद र ५० लाख रुपैयाको जग्गा संकलन भएको छ ।

भने हालसम्म ६२ लाख होमन भएको प्रचार प्रसार संयोजक मोहन आचार्यले जानकारी दिनुभयो । महा यज्ञमा तुलादान गर्नेहरुको संख्या समेत उल्लेख्य मात्रामा रहेको छ । महायज्ञ अवधि भर पाँच हजार एक सय जनाले सामुहिक तुलादान गर्ने भएका छन। माता पार्वतीको जन्म भूमी पर्वत पाङ, पाङ र खुर्कोटको संगमस्थलमा रहेको पार्वती गुफा, जाडो समयमा पार्वतीले स्नान गर्ने पाङ सहश्रधारा, गर्मी याममा स्नान गर्ने माथिल्लो सहस्रधारा जलजला पार्वतीखोला (पातीखोला), खुर्कोटमा अवस्थित भुवनेश्वरी गुफा लगायतका धार्मिक स्थलहरुलाई धार्मिक किंबदन्ति अनुसार जोडेर महायज्ञ आयोजना गरिएको महायज्ञ मुल संयाजक पृथ्वीनारायण शर्माको भनाई छ ।

Exit mobile version