Site icon Tukinetwork.com

प्रहरी इन्काउन्टरमा मारिएका चरीकी प्रेमिका भनेर चर्चित भएकी खुस्बु ओलीलाई ३ महिना कैद हुने, गरिन यस्तो अपराध

प्रहरी इन्काउन्टरमा मारिएका चरीकी प्रेमिका भनेर चर्चित भएकी खुस्बु ओलीलाई ३ महिना कैद हुने, गरिन यस्तो अपराध
138
SHARES

काठमाडौँ-मोडेल खुश्बु ओलीलाई काठमाडौँ जिल्ला अदालतले बैंकिङ कसुरमा तीन महिना कैद र तीन हजार रुपैयाँ जरिवाना गरेको छ ।

३६ लाखको चेक बाउन्स मुद्दामा दोषी ठहर गर्दै न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले ओलीलाई बिगो बराबरको रकम तिर्न आदेश दिँदै तीन महिना कैद र तीन हजार रुपैयाँ जरिवाना गरेको हो ।

सप्तरीका राजविराज–८ का गोपाल कटुवालसँग लिएको ३६ लाख रुपैयाँ फिर्ता गर्ने क्रममा ओलीले काटेको कुमारी बैंकको चेकमा पैसा नभएपछि कटुवालले गएको साउनमा चेक बाउन्स भएको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए ।

मुद्दामा अन्तिम सुनुवाइ गर्दै मंगलबार अदालतले विनिमय अधिकारपत्र ऐन २०३४ को अनुसार ओलीलाई दोषी ठहर गर्दै रकम तिर्न र तीन महिना कैद गरेको हो । पछिल्लो समय चेक बाउन्सका मुद्दा बढिरहेका छ ।

२०६३ मा मिस टिनको ताज जितेकीले ओलीले म्युजिक भिडियोमा अभिनय गर्दै आएकी छिन् । डन दिनेश अधिकारी (चरी)को प्रहरी इन्काउन्टरमा मृत्यु हुँदा ओली प्रेमिकाको रुपमा देखा परेकी थिइन्। उन समाज सेवामा समेत सक्रिय हुँदै आएकी छिन् ।

Exit mobile version