Site icon Tukinetwork.com

पाँचथरमा एकै परिवारका ९ जनाको हत्या

फिदीम : पाँचथरको मिक्लाजुङमा गएराति एकै परिवारका ९ जनाको हत्या भएको छ । मिक्लाजुङ गाउँपालिका –३ आरुबोटमा बमकुमार फियाक(लिम्बु)र उनका ज्वाइँ धनराज फियाकका परिवारको हत्या भएको प्रहरी निरीक्षक अरुणकुमार पौडलले जानकारी दिएका छन् । 

प्रहरी निरीक्षक पौडेलकाअनुसार मारिनेमा ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती, ज्वाइँ ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया एक्सा शेर्मा, ३६ वर्षीया जसिता फियाक, २६ वर्षीया मनकुमारी फियाक रहेका छन् ।  त्यसैगरी ६ वर्षीया इक्सा शेर्मा, ८ वर्षीया मुना शेर्मा, १२ वर्षीया आशिका खजुम लिम्बूको हत्या भएको हाे । 

१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । मुकुन्डो लगाएका हतियारधारीले आक्रमण गरेको सीताले बताएको प्रहरीले जानकारी दिएको छ । उनी गम्भीर घाइते छिन् । 

घटनामा बमबहादुर फियाकका ४ जना र ज्वाइँ धनराज शेर्माको परिवारका ५ को हत्या भएको प्रहरीले जनाएको छ ।  धनराजको परिवारका ५ जनाको शव घरभित्रै तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र  र बाहिर विभत्स अवस्था भेटिएको  वडाध्यक्ष हस्तराज फियाकले बताए । 

राति घटना घटेपनि स्थानीयले बिहान मात्रै थाहा पाएका थिए ।  घट्नास्थलमा दशमीबजार स्थित प्रहरी चौकीको टोली बिहान ६ बजे पुगेको छ भने इलाका प्रहरी कार्यालय रबि र जिल्ला प्रहरी कार्यालयको टोली घट्नास्थलतर्फ लागेको छ ।

 घटनाको प्रकृति हेर्दा धारिलो हतियार प्रयोग गरी हत्या गरेको देखिएको प्रहरीको भनाई छ । 

Exit mobile version