Site icon Tukinetwork.com

अर्नीलाई भेटौँ न: आँखाको ज्योति गुमाएको यो हाँस सामान्य भन्दा दोब्बर लामो समय बाँचिसकेको छ

यो हाँस एक दिनको मात्र हुँदा क्लोइलाई उनको दशौं जन्मदिनमा उपहार दिइएको थियो।

२१ वर्षपछि ऊ अझ पनि बलियै देखिन्छ तर आँखाका ज्योति गुमेका कारण अक्सफोर्डसायर नजिकै बस्ने उसलाई यताउति गर्न भने साथी एल्मोको सहयोग चाहिन्छ।

उसको प्रजातिका अन्य हाँस भन्दा ऊ दोब्बर उमेर बाँचिसकेको छ।

अहिले पनि उसले साथीको सहयोगमा आफ्नो दैनिकी राम्ररी चलाइरहेको छ।

Exit mobile version