पाँचथर / हत्या भएको एक हप्ता वित्न लाग्दा पनि पाँचथरको हिलिहाङ ४ की पन्ध्र बर्षीय किशोरी सितल योङहाङको हत्याका मुख्य योजनाकार भनिएका पदम तामाङ पक्राउ पर्न सकेका छैनन् । तामाङका साथी भगिरथ वास्तोलालाई पक्राउ गरेपनि मुख्य हत्याका योजनकार तामाङ भने पक्राउ पर्न सकेका छैनन् ।
मृतकका आफन्तले हत्या आरोपी पक्राउ गर्न प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन् योङहाङको गत आइतवार घर नजिकै घाँटी रेटेर हत्या गरिएको थियो । सितलका प्रेमी समेत रहेका तामाङ बाँस्तोलालाई लिएर करिब एकसाता अघि किशोरीको गाँउ पुगेको अनुसन्धानमा खुलेको पाँचथरका प्रहरी प्रमूख नरेन्द्र कुँवर बताउनुहुन्छ ।
नजिकैको सिद्ध मावि कक्षा १० मा अध्ययनरत ती किशोरीलाई अरु कसैले फोन गरेको संका गर्दै तामाङले उनको हत्या गरेको हुनसक्ने पक्राउ परेका वास्तोलाको वयानमा खुलेको पनि प्रहरी स्रोत बताँउछ ।
