माेरङ / स्कुलमा पढेर घर फर्कदै गरेको अवस्थामा एक विद्यार्थीको साइकलबाट लडेर बिहीबार दिउँसो मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार आफैले चलाएको साइकलबाट लडेर विराटनगर महानगरपालिका–१८ घर भएका १५ वर्षीय विक्रमकुमार अमातको मृत्यु भएको हो । विराटनगर–१५ मा रहेको जनविकास माविको कक्षा ८ मा अध्ययनरत अमात दिउँसो १ बजे स्कुलबाट आफै साइकल चलाएर घर फर्कदै थिए ।
साइकल अनियन्त्रित भएपछि सडकमा लडेर घाइते भएपछि उपचारका लागि न्युरो अस्पताल ल्याइएको थियो । अस्पताल ल्याउन साथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
