काठमाडौं २ जेठ । विराटनगरमा व्यापार गर्दै आएका एक व्यवसायीको साथमा नेपाली र भारतीय गरी दोहोरो परिचयपत्र भेटिएपछि उनलाई पक्राउ गरिएको छ । उनको साथबाट दुबै परिचयपत्र बरामद पनि गरियो । दुबै परिचयपत्रमा उल्लेख भएको ठेगानाको आधारमा उनको साथमा दोहोरो नागरिकता समेत रहेको बुझिने प्रहरीले बताएको छ ।
विराटनगर महानगरपालिका–१४ मा बस्दैआएका व्यापारी ३६ वर्षीय विमलेशकुमार साहको साथमा नेपाली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र भारतीय आधार कार्ड भेटिएको हो ।
