Site icon Tukinetwork.com

भर्खर जन्मिएकी छोरीको मुख हेर्दै अस्पतालको बेडबाट क्यान्सर पीडित पिंकीको अनुरोध– ‘कृपया मलाई बचाइदिनुहोस्’

काठमाडौं । मानिस सर्व श्रेष्ठ प्राणी हो । मानिसमा मानवता हुन्छ, जसले अरुको दुःखमा सहयोग र सुखमा खुुसी मनाउन सक्छ । आफूलाई नहेरेर अरुको दुःखमा सहयोग गर्न मानिस नै तत्पर हुन्छ । आफू मरेर अरुलाई बचाउन मानिस नै अग्रसर हुन्छ । जसले गर्दा आर्थिक अभावका कारण जीवनमरणको दोसाँधमा परेकाहरु मृत्युलाई जितेर यो संसारमा आफूलाई भाग्यमानी सावित गर्छन् । यस्तै मनकारी मानिसको सहयोगको अपेक्षामा छिन्, धनुषास्थित जनकपुर उपमहानगरपालिका–१ कि ३५ वर्षीया पिंकी कुमारी साह । उनी दुई महिनादेखि काठमाडौंको निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा उपचाररत छिन् । गएको फागुन ३१ गते सिभिलमा भर्ना भएकी उनलाई ब्लड क्यान्सर (एपीएमएल) भएको छ ।

विभिन्न अस्पतालमा उपचार गर्दै सिभिल अस्पतालमा आएकी पिंकीको उपचारमा लाखौं रकम सकिसकेको उनका पति रोशन कुमार साहले ओएसनेपाललाई जानकारी दिए । हालसम्म करिब १५ लाख रुपैयाँ सकिएको उनको भनाइ छ । आफूहरुको आर्थिक अवस्था निकै कमजोर रहेको भन्दै उनले श्रीमतीको उपचार कसरी गर्ने भन्नेमा अन्योल रहेको बताए । अझै करिब २० लाख रुपैयाँ उपचार गर्न लाग्ने भएपछि उनी तनावमा छन् । जसोतसो ऋण धन गरेर अहिलेसम्म उपचार गरेको जानकारी दिएका रोशनले अहिले पैसा नभएको र उपचार गर्न कठिन रहेको बताए । श्रीमतीको उपचार गर्न आर्थिक अवस्था कमजोर भएकै कारण ऋण समेत नपाएको रोशनले दुखेसो पोखे ।

Exit mobile version