Site icon Tukinetwork.com

उडिरहेको विमानको ककपिटमा निदाउने पाइलट निलम्बित

काठमाडौँ । नेपाल एयरलाइन्सको जहाजको ककपिटमै निदाएको अवस्थामा भेटिएका नागराज शंकरमूर्ति निलम्बनमा परेका छन्। केही दिनअघि उनी एयरबस ३२० न्यारोबडीको जहाजमा निदाएको अवस्थामा भेटिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो। उनलाई बुधबार नेपाल एयरलाइन्सले निलम्बन गरेको हो। उनी भारतीय नागरिक हुन् । यस अघि पनि विभिन्न एयरलाइन्स काम गर्दा नियम विपरीतका गतिविधि गरेको आरोपमा उनी कारबाहीमा परेका थिए ।

Exit mobile version