Site icon Tukinetwork.com

दरबारमार्गमा ज्ञानेन्द्र शाहको ह्याप्पी फ्राईडे

काठमाडौं, ३१ बैशाख । काठमाडौंको दरबार मार्गमा सञ्चालनमा रहेको किंग्स लाउन्जमा पूर्व राजा ज्ञानेन्द्र शाहले परिवार सहित ३ घण्टा समय बिताएका छन् । गत शुक्रबार पूर्व राजा ज्ञानेन्द्र शाहले पूर्व राज परिवारका सदस्य तथा आफन्तसँग ह्याप्पी फ्राइडे मनाएका हुन् ।

पूर्व रानी कोमल शाह, पूर्व युवराज्ञी हिमानी शाहलगायतका साथमा पुर्व राजा ज्ञानेन्द्र किंग्स लाउञ्ज पुगेका थिए । झण्डै ४० जना आफन्तको साथमा किंग्स लाउन्ज पुगेका ज्ञानेन्द्रले पुरै तीन घण्टा समय बिताएका थिए । सुट पाइन्ट लगाएर औपचारिक शैलीमा किंग्स लाउन्ज पुगेका पूर्व राजा ज्ञानेन्द्र हर्षित मुद्रामा देखिएका थिए ।

Exit mobile version