Site icon Tukinetwork.com

ओलीसँग किन रिसाए सत्यमोहन जोशी ?

काठमाडौं, २८ बैशाख । शताब्दी पुरुष संस्कृतविद् सत्यमोहन जोशी वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग रिसाएका छन् । शनिबार प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले ओलीसँग रिसाएको संकेत गरेका छन् । प्रधानमन्त्री ओलीले कामभन्दा बढि भाषण गरेको उनको आशय थियो ।

जोशीले सरकारले बोलेका कुरा पूरा गरेर देखाएमात्रै जनता आश्वस्त हुने नत्र निराशा भैरहने पनि टिप्पणी गरे । सरकारले साँच्चिकै चाहने हो भने नेपालमा भ्रष्टाचार समाप्त हुने पनि उनको ठोकुवा छ । उनले भने,”भ्रष्टाचारीलाई कारबाही र दण्डित गर्नुपर्छ । अन्य देशमा भ्रष्टाचार समाप्त भएको छ । हाम्रो देशमा पनि हुन्छ । तर, सरकारले कडा कदम चाल्नुपर्छ ।”

Exit mobile version