Site icon Tukinetwork.com

इन्जिनियरिङको परीक्षार्थीलाई सोधियो– धोनीले टस जितेर के गर्नुपर्छ?

काठमाडौं । भारतको इण्डियन इन्सिट्यूट अफ टेक्नोलोजी(आइआइटी)ले आफ्ना परीक्षार्थीलाई भारतीय क्रिकेट टीम चेन्नई सुपर किङ्ससँग सम्बन्धित प्रश्न सोधिएको छ । इण्डियन प्रिमियर लिग टोली चेन्नईसँग सम्बन्धित इन्जिनियरिङ् परिक्षामा प्रश्न सोधेपछि आइआइटी अहिले चर्चामा आएको छ।

आइआइटीले आफ्नो सेमेस्टर परिक्षामा ’कप्तान एमएस धोनीले मुम्बई ईण्डियन्स विरूद्धको क्वालिफायर खेलमा टस जितेर पहिलो ब्याटिङको निर्णय गर्नुपर्छ कि बलिङको?’, भनेर प्रश्न सोधेको थियो।सो प्रश्नको फोटो अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आफ्नो ट्विटर ह्यान्डलमा सेयर गरेको छ। ६ मेको परिक्षामा ५ नम्बरको प्रश्नमा यस्तो सोधिएको थियो।

’आइपिएल २०१९ मा चेन्नई सुपर किङसको टोलीले ७ मेमा चेपक रंगशालामा क्वालिफायर खेल्ने सम्भावना छ। मौसम पूर्वानुमानका अनुसार चेन्नईमा आद्रता ७० ५ हुने अनुमान गरिएको छ। खेलको शुरूवातमा तापक्रम ३९ डिग्री सेल्सियस हुने अनुमनाछ। दोश्रो पारीमा तापक्रम २७ डिग्री सेल्यसमा झर्ने अनुमान गरिएको छ। यस जानकारीको आदारमा टस जितेका धोनीलाई तपाई पहिलो बलिङ गर्ने सल्लाह दिनुहुन्छ की ब्याटिङ् गर्ने? आफ्नो उत्तरलाई तथ्यको आधारमा प्रमाणित गर्नुहोस् ।’

Exit mobile version