२६, काठमाण्डौ । आज कानुन दिवस, कानुन र न्याय क्षेत्रका संलग्नहरुले बिभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।
नेपालमा विक्रम संवत् २००८ सालमा प्रधान न्यायालय ऐन जारी भएको थियो । त्यसमा २००९ साल वैशाख २६ गते तत्कालीन राजा त्रिभुवनले लालमोहर लगाएर कार्यान्वयनमा ल्याएका थिए । सोही दिनको दिनको स्मरणमा हरेक वर्ष २६ वैशाखलाई कानून दिवसको रुपमा मनाइन्छ । दिवसको अवसरमा सर्वोच्च अदालत परिसरमा अपराह्न जलपान कार्यक्रम आयोजना गरिएको छ ।
