Site icon Tukinetwork.com

प्रदेशको नाम र राजधानीमा सकस, संघीयता संकटमा

वैशाख २५, काठमाण्डौ । गण्डकी, कर्णाली र सुदुरपश्चिम गरि ३ प्रदेशले नाम र स्थायी राजधानीको टुङ्गो लगाएपनि अन्य चार प्रदेशको कुनै अत्तो पत्तो छैन । प्रदेश १ ले राजधानी बिबराटनगर तोकेपनि नाम के राख्ने भन्ने त्यहाँपनि टुङगो छैन । प्रदेशसभा सुरु भएको १ बर्ष बितिसक्दा समेत बाँकी प्रदेशले नाम र राजधानीको टुङगो लाउन नसक्नु आफैमा लज्जासपद भएको टिप्पणी हुन थालेको छ ।

गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको स्थाई नाम र राजधानी तोकिसकिएको छ । प्रदेश एकको नाम र राजधानीका विषय केही दिनयता ठूलै चर्चामा छ । प्रदेशसभा गठन भएको १६ महिनापछि १ नम्बर प्रदेशले शोमबार स्थायी राजधानी विराटनगर पायो तर नाम पाउन सकेको छैन । शोमबार सम्म चलेको प्रदेश १ सभामा नामको विषयले प्रवेस पाउन सकेन । प्रदेश १ मा स्थायी राजधानी भन्दा नामको विषय जटिल बन्दै गएको छ ।

Exit mobile version