एजेन्सी । ग्वाटेमालामा एक कारागारभित्र भएको गोली हानाहानमा सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । राजधानी ग्वाटेमाला सिटी नजिकै रहेको कारागारमा भएको गोली हानाहानको अवस्था नियन्त्रणमा लिनका लागि सेना र प्रहरी गरि करिब १५०० सुरक्षाकर्मी खटिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
दुई बन्दीबिचको विवाद बिस्तार हुँदै जाँदा गोली हानाहानको अवस्था आएको बताइएको छ ।पाभोन जेलमा कम्तिमा चार हजार बन्दी छन् । सन् १९७० को दशकमा निर्माण भएको यो जेलको क्षमता भने एक हजार बन्दी मात्रै हो ।
बन्दीले मंगलबार झण्डै ८ घण्टा जेल नियन्त्रणमा लिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ ।
