काठमान्डौ , प्रदेश १ को स्थायी राजधानी विराटनगर तोकिएको छ ।सोमबार प्रदेश सभामा भएको मतदानबाट विराटनगरलाई प्रदेश एकको स्थायी राजधानी तोकिएको हो । प्रदेश सभामा भएका ९३ संसदहरुमा संसद सभा भवनमा उपस्थित भएका ८७ जना मध्ये ८६ मत खसेसँगै बिराटनगर स्थायी राजधानी घोषणा भएको हो । प्रदेश सभा बैठक चलि रहँदा ताप्लेजुङका सांसद प्रताप प्रकाश हाङ्गाम मतदान नै नगरी बाहिरिएका थिए ।सत्तापक्ष नेकपाको प्रस्तावमा संघीय समाजवादी फोरमका सांसद जयराम यादव, राप्रपाकी सांसद ईन्दीरा राई र संघीय लिम्बुवान राष्ट्रिय मञ्चकी सांसद बिष्णुमायाँ तुम्बाहाम्फेले समर्थन गरेका थिए ।
प्रतिपक्ष कांग्रेसले छुट्टै प्रस्ताव दर्ता गराएकोमा पःस्ताव फिर्ता लिएपछि प्रदेश १ को राजधानीको बिषयमा एउटा मात्र प्रस्ताव सभा बैठकमा पेश भएको थियो ।नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले पेश गरेका थिए ।प्रस्तावमा राजधानी बिराटनगरमा तोकि एसँगै कार्यपालिका र ब्यवस्थापिका ईटहरी, सुन्दर हरैँचा र बिराटनगरको आसपासमा रहने भएको छ ।विराटनगरलाई राजधानी तोकिएपछि विराटनगरमा आह्वान गरिएको बन्द पनि फिर्ता भएको छ । विराटनगरलाई प्रदेश राजधानी तोक्न माग गर्दै भएको बन्दले सोमबार दिनभर विराटनगर बजारको जनजीवन प्रभावित भएको थियो । राजधानी तोकेसँगै प्रदेश एकको तेश्रो अधिवेशनको अन्त्य भएको छ ।
