काठमाडौं, २३ बैशाख । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले रिपोर्टर्स क्लब नेपाल सधैंभरि राष्ट्रिय पोशाकको पक्षमा रहेको सुनाउँदै आगामी दिनमा पनि क्लबले यसलाई बहसको रुपमा जनतासामू लैजाने विश्वास दिलाए ।
सोमबार राष्ट्रिय पोशाक संरक्षण महाअभियानले आयोजना गरेको विशेष कार्यक्रममा सबै राजनीतिक दलहरुलाई सहमति गराएर आगामी दिनमा राष्ट्रिय पोशाक अनिवार्य गराउनको लागि अभियान चलाउनुपर्ने पनि धमलाले जोड दिए । उनले भने,‘राष्ट्रिय पोशाकको विकल्प छैन । जनप्रतिनिधिहरुले राष्ट्रिय पोशाक लगाएमात्रै आम जनताले त्यसलाई अनुशरण गर्नेछन् ।’
